neapl investment mega bank
  • गृहपृष्ठ
  • लिवियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ती सेना) दोश्रो डफ्फाको बदली

लिवियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ती सेना) दोश्रो डफ्फाको बदली

Nov 20th, 2020

काठमाडौ, मंसिर ५

शान्ति स्थापनार्थ युएन मिसन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ती सेना) दोश्रो डफ्फालाई बदली गर्नको लागि मंसिर पाँच गते शुक्रबार सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट (शा.से.) तेश्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिकहरु, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

सोही क्रममा लिवियाबाट सेनानी राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु मिति २०७७ मंसिर ०६ गतेको बिहान नेपाल आईपुग्ने योजना रहेको छ । २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनको लागी मिति २०७७ र ०७ र १५ र १६ गते ११५ जना शान्ति सैनिकहरुको बदली भएको थियो । कोभिड १९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको जानकारी सेनाले गराएको छ ।