neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने

सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने

Nov 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,मंसिर ५

भक्तपुरको सूर्यविनायक नगरपालिकाले हप्ताको तीन दिन निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ ।

नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको बैठकले हप्ताको तीन दिन घुम्ती शिविरमार्फत पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका वडा नं. १, २, ३ र ४ मा दधिकोटमा प्रत्येक सोमबार बिहान साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म पीसीआर परीक्षण गर्ने भएको छ । बुधबार बिहान साढे ११ बजेदेखि १ बजेसम्म हात्तीगौँडा छैडौमा वडा नंं। ५, ६ र ७ का नागरिकको पीसीआर परीक्षण गर्ने भएको छ ।

यसैगरी वडा नं. ८, ९ र १० का नागरिकलाई जगातिको निर्माणाधीन कोभिड अस्पतालमा शुक्रबार बिहान साढे ११ बजेदेखि १ बजेसम्म परीक्षण गर्ने भएको छ ।

नगरमा हालसम्म ७ हजार ५५ जनाको कन्ट्याक टेसिंग गरिसकेको छ भने ८४१ जनाको रिर्पाट पोजिटिभ आएको नगरपालिकाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi