neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अमेरिका, रुस, चीनसहित ९ देशका दुतावास अगाडि एकसाथ प्रदर्शन हुने

अमेरिका, रुस, चीनसहित ९ देशका दुतावास अगाडि एकसाथ प्रदर्शन हुने

Nov 20th, 2020

काठमाडौ, मंसिर ५

७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर मंसिर २५ का दिन मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्रको विश्वव्यापी उन्मुलन, आणविक हतियारहरुको निर्माण र परिक्षणमा प्रतिवन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

यस क्रममा १० डिसेम्बर अर्थात २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्ररु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाण्डौस्थित ९ वटा दुतावास अगाडि एकसाथ मध्यान्ह् १२ बजेदेखी आधा घण्टा प्रदर्शन हुन गइरहेको छ । ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक अस्त्रको कहरबाट कस्ले बचाउने ?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरुको दुतावास अगाडि प्रदर्शन पश्चात युद्धका कुनै पनि संभावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित ९ वटै देशका सरकार प्रमुखहरुलाई राजदुतावास मार्फत ज्ञापनपत्र बुझाइने छ ।

अमेरिकी दुतावास अगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चीनियाँ दुतावास अगाडि सभापति उत्तम पुडासैनी, रुसी दुतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दुतावास अगाडि संस्थापक महासचिव सुवास ढकाल, फ्रेन्च दुतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, ब्रिटिस दुतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दुतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दुतावास अगाडि काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दुतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित शान्तिवादीहरुको सहभागिता रहने छ ।

यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा दर्जनौ जिल्लामा प्रदर्शन हुनेछ । स्मरणीय छ, आणविक अस्त्रको विश्वव्यापी उन्मुलन, आणविक हतियारहरुको निर्माण र परिक्षणमा प्रतिवन्धको मागसहित शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ भने विगत एक दशकदेखि युद्ध निषेध ः शान्ति विशेष भन्ने आह्वानसहित दर्जनौ प्रदर्शनहरु आयोजना भइसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi