neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि,२८५८ डिस्चार्ज ,१७ को मृत्यु

थप २ हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि,२८५८ डिस्चार्ज ,१७ को मृत्यु

Nov 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ४ मङ्सिर

बिहीबार थप २ हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ९ हजार ८०५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख १५ हजार २० पुगेको छ ।

क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ७६७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या २८ हजार १०६ छ। हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २ हजार ८५८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५८ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २७६ पुगेको छ। बिहीबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।