आधारभूमि संवाददाता
काठमाडौ, ४ मङ्सिर
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या पाँच करोड ६५ लाख नाघेको छ ।
नेपाली समय बिहीबार १:३० बजे सम्म विश्वभरीमा पाँच करोड ६५ लाख ८३ हजार ५४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म तीन करोड ९३ लाख ७० हजार ९८६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ५८ लाख ५६ हजार ९२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख १ हजार ४३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १३ लाख ५५ हजार १४७ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड १८ लाख ७३ हजार ८६३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ५६ हजार २६२ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ८९ लाख ५८ हजार ४८३ जना सङ्क्रमित भएका छन् भने १ लाख ३१ हजार ६१८ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५९ लाख ४७ हजार ४०३ जना सङ्क्रमित भएका छन् भने एक लाख ६७ हजार ४९७ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर