आधारभूमि संवाददाता
काठमाडौं, मंसिर ४
गत वर्ष मात्रै सरकारले झन्डै डेढ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गर्याे । तर स्वदेशमै उपलब्ध उर्जा भने वर्षातको समयमा खेर जाने स्थिती आयो । सरकारले स्वदेशको बिजुली प्रयोगका लागि भौतिक पूर्वाधारका साथै आवश्यक नीति अवलम्वन गर्न नसक्दा पछिल्लो समय बिजुलीको माग नै बढ्न सकेको छैन ।
देशमा अहिले कोरोना महामारी छ । जनता खान नपाएर माग्दै खान पर्ने स्थिती आएको छ ।यस्तो बेलामा सरकार भने पार्टिको आन्तरिक कलहमा फसेको छ । जसका कारण सरकारले यता विद्युतको खपत बढाउने तर्फ ध्यान नै दिन सकेको छैन ।
मन्त्रीहरुले आफै काम नै गर्न सकेका छैनन् । नत उनिहरुले निर्णय नै गर्न सक्छन् । स्थायि सरकार भने पनि देशले भने सोहि अनुसारको लाभ पाउन सकेको छैन । बिदेशबाट खाना पकाउने ३० अर्बको ग्यास आयात गर्ने तर स्वदेशी बिजुली भने खेर जाने र सस्तोमा भारत पठाउने लज्जास्पद कार्य हो तर सरकारलाई यसमा कुनै चासो नै छैन ।
सरकारले ब्यापार घाटा घटाउने नीति ल्याएको छ । तर, उक्त नीति कार्यान्वयनका लागि भने सरकारले खासै प्रयास नै गरेको छैन । देशमा अहिले आवश्यक पर्ने बिजुली उपलब्ध, छ, वर्षातको समयममा त खेर नै जाने सम्मको स्थिती आएको छ । तर , खाना पकाउनका लागि आम मानिसलालई इण्डक्सन्को प्रयोग भने ब्यापक बनाउन सकिएको छैन ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना आगामी पुस देखि सञ्चालनमा ल्याउने तयारी छ । जसपछि प्रणालीमा ४ सय ५६ मेगावाट विद्युत थपिनेछ । त्यस्तै निजी क्षेत्रबाट यो वर्षमा झन्डै ५ सय मेगावाट बिजुली थपिनेछ । तर, सरकारले विद्युत खपतका कार्यक्रम भने अझै ल्याउन सकेको छैन ।
इन्डक्सन्को चुलोको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार छुट दिएपनि यसले निम्न बर्गिय परिवार र मध्यमबर्गिय परिवारलाई आकर्षण गर्न सकेको छैन । बिजुली हरेक समय उपलब्ध हुन्छ भन्ने निश्चीत नभएका कारण ग्यासबाट खाना पकाउनेहरु इन्डक्सन् प्रयोग गर्न सकेका छैनन् ।
सरकार भने अहिले पनि आन्तरिक उत्पादन बढाउने भन्दा भारत र बंगलादेशमै बिजुली निर्यात गरेर पैसा कमाउने सपनामा रमाइरहेको छ । बिजुली गाडीमा लाग्दै आएको अन्तःशुल्क त घटाएको छ तर सवारी साधन चार्जिङ स्टेशन भने बनाउन सकेको छैन ।