neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मार्टिनेज र गोन्जालेजको गोलमा अर्जेन्टिनाको तेस्रो जित

मार्टिनेज र गोन्जालेजको गोलमा अर्जेन्टिनाको तेस्रो जित

Nov 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर ३

फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले तेस्रो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लौटरो मार्टिनेजले एक एक गोल गरे ।अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १७ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। २८ औँ मिनेटमा लौटरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता अग्रता दोब्बर पारे । त्यसपछि कुनै गोल हुन सकेन र अर्जेन्टिनाले तेस्रो जित निकालेको हो।

जितसंगै अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ ।पराजित पेरुको १ अंक छ र नवौं स्थानमा छ ।शीर्ष स्थानको ब्राजिलको ४ खेलबाट १० अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi