neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनसँग जर्मनी ६-० गोलले पराजित, टोरेसले गरे ह्याट्रिक

स्पेनसँग जर्मनी ६-० गोलले पराजित, टोरेसले गरे ह्याट्रिक

Nov 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर ३

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले लज्जास्पद हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई स्पेनले ६-० गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन फेरान टोरेसले ह्याट्रिक,एल्वारो मोराटा,रोड्रिगो र मिकेल ओयर्सबलले एक-एक गोल गरे । स्पेनले तीन गोल पहिलो हाफमा र तीन गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १७ औं मिनेटमा एल्वारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। ३३ औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनको अग्रता अग्रता दोब्बर पारे । ३८ औँ मिनेटमा रोड्रीले गोल गर्दै टोलीलाई पहिलो हाफमा ३-० ले अघि बढाए।

दोस्रो हाफको ५५ औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए। ७१ औँ मिनेटमा टोरेसले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे टोलीलाई ५-० ले अघि बढाए।

त्यसपछि खेलको ८९ औं मिनेटमा मिकेल ओयर्सबलले गोल गर्दै स्पेनलाई ६-० को शानदार जित दिलाए ।

जितसंगै लिग (ए) समूह ४ मा रहेको स्पेनले ६ खेलबाट ११ अंक जोडेको छ र समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi