neapl investment mega bank
  • गृहपृष्ठ
  • धेरैको मन जित्न सफल प्रितम आचार्यको नयाँ गीत सार्वजनिक

धेरैको मन जित्न सफल प्रितम आचार्यको नयाँ गीत सार्वजनिक

Nov 15th, 2020

काठमाडौ, कात्र्तिक ३०

सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ । लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन् ।

अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र सम्पादन गरेका छन् । एल.डि बास्तोलाले निर्माण गरेको भिडियोको ब्यबस्थापन तुला अधिकारीले गरेका छन ।

सार्वजनिक भिडियोमा मुकेश अधिकारी,गोमा बास्तोला,निश्चल अधिकारी र लिजा बास्तोला फिचर्ड छन् । भिडियो हाम्रो आफ्नै टिभी नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।