neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेसन्स लिग फुटबलमा जर्मनीको सहज जित , टिमो वारनरले गरे दुई गोल

नेसन्स लिग फुटबलमा जर्मनीको सहज जित , टिमो वारनरले गरे दुई गोल

Nov 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३० कात्तिक

जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई ३-१ गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन टिमो वारनरले दुई गोल र लेरो सानेले एक गोल गरे ।जर्मनीले दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो । युक्रेनका रोमन यारेमचुकले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता युक्रेनलेनै लिएको थियो ।खेलको १२ औं मिनेटमा युक्रेनका रोमन यारेमचुकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २३ औं मिनेटमा जर्मनीका लेरो सानेले गोल गर्दै खेल बराबरीमा फर्काए। ३३ औं मिनेटमा टिमो वारनरले गोल गरेपछि जर्मनी पहिलो हाफमा २-१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६४ औं मिनेटमा टिमो वारनरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसंगै लिग (ए) समूह ४ मा रहेको जर्मनीले ५ खेलबाट ९ अंक जोडेको छ र शीर्ष स्थानमा छ। युक्रेनको ५ खेलबाट ६ अंक छ र तेस्रो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi