neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फ्रान्ससँग पोर्चुगल पराजित

Nov 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३० कात्तिक

पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । शनिबार राति
समूह ए ३ अन्तर्गत भएको खेलमा पोर्चुगल फ्रान्ससँग १-० ले पराजित हुँदै नेसन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको हो ।

फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।कान्टेले एड्रीयनको पासमा ५३ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितसंगै लिग (ए) समूह (३) मा रहेको फ्रान्सले ५ खेलबाट १३ अंक जोडेको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानको पोर्चुगलको ५ खेलबाट १० अंक जोडेको छ ।

यहि समूहको अर्को खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले पराजित गरेको छ ।जितसंगै स्विडेनले ५ खेलबाट ३ अंक जोडेको छ र क्रोएसियाको पनि ५ खेलबाट ३ अंक नै छ ।

अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi