neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • द्वन्द पिडितबाट असहाय गाईबाछालाई भोजन

द्वन्द पिडितबाट असहाय गाईबाछालाई भोजन

Nov 13th, 2020

काठमाडौ, कात्र्तिक २८

द्वन्द चर्किंदै थियो, राज्य र तत्कालिन आतंककारी समूह माओबादीबीच मुठभेडको श्रृंखला झांगिदै थियो । माओबादीबाट सुरक्षाकर्मी र सर्वसाधारण नागरिकमाथी प्रतिशोधपूर्ण तवरले लुटपाट, अपहरण र हत्या जस्ता कुकृत्यहरु जारी रहेको थियो भने सुरक्षा निकायपनि स्वेच्छाचारी ढंगमा सामान्य नागरिकमाथी धरपकड र मुठभेडका नाममा हत्या जस्तो कुकर्ममा सामेल भएकै थिए ।
यही चेपुवामा २०५५ कार्तिक १८ गते काभ्रे जिल्लाको चौरी देउरालीमा दुईजना होनाहार निहत्था बिद्यार्थीहरु सरला अधिकारी (हत्या हुँदाको बेला १९ बर्ष) र कुमार चौलागाईं (हत्या हुँदाको बखत २९ बर्ष) माथी सरकारी सेनाबाट मुठभेडका नाममा हत्या भएको बार्षिक तिथीका अवसरमा आज २०७७ कार्तिक २८ गते मृतकका परिवारका तर्फबाट असहाय गाईबाछाहरुका लागि भोजन कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना कहर माझ संक्षिप्त श्रद्धान्जली सभाबाट प्रारम्भ भएको कार्यक्रममा आफ्नो धारणा राख्दै मृतक सरला अधिकारीका दाई यानप्रसाद अधिकारीले हरेक तिहारले आफूलाई भावबिह्वल बनाउने गरेको बताउँदैै निर्दोष र निहत्था आफन्तलाई मुठभेडका नाममा मार्ने तत्कालिन राज्य संयन्त्रप्रति आक्रोश ब्यक्त गरेकी छिन ।

कार्यक्रममा अर्का मृतक कुमार चौलागाईंका भाई नवराज चौलागाईंले समेत आफन्त मारिंदाको कटु अनुभव सुनाउनु भएको थियो । सो अवसरमा जनप्रतिनीधि जयराम पुडासैनीले आधुनिक नेपालमा कसैले पनि यस्तो दुख भोग्नु नपरोस भन्ने सुभेच्छा ब्यक्त गरेकाछन । कार्यक्रममा मृतकका परिवारको तर्फबाट असहाय गाईबाछाको उपचार र खाद्यान्नका लागि १८ हजार २० रुपैयाँ उपलब्ध समेत गरेकाछन ।

स्मरण रहोस असहाय गाईबाछा संरक्षण अभियान अन्तर्गत उपत्यका भित्र रहेका असहाय र बेसहारा गाईबाछाहरुलाई एकत्रित गर्दै उनीहरुलाई उचित बासस्थान, खाद्यान्नको ब्यवस्था र बिरामीहरुका लागि औषधोपचारको ब्यवस्था समेत हुँदै आएको छ । सडक दुर्घटनामा परेका र बिभिन्न कारणले जीर्ण बनेका र असहाय गाईबाछाको संकलन र उनीहरुलाई उचित मानवीय ब्यवहार उपलब्ध गराउँदै ती अबोध प्राणीहरुको रक्षा खातिर असहाय गाईबाछा संरक्षण अभियान स्वयंसेवी रुपमा संचालित छ । श्रद्धालु मनहरुले जन्मदिन, बाािर्षक तिथी लगायतका बिभिन्न अवसरमा उनीहरुका लागि खाद्यान्न र उपचारका लागि प्रदान गरेको सहयोगबाट यो अभियान निरन्तर सकृय रहेको छ । हाल १०० भन्दा ज्यादा असहाय गाईबाछाले यस अभियान अन्तर्गत सेवा पाईरहेका छन ।

साथै कुनैपनि ठाउँमा असहाय गाईबाछाहरु दुर्घटनामा परेर छटपटाईरहेका तथा अन्य कुनैपनि कारणले जिबन खोजिरहेका छन भने उनीहरुको उचित उद्धारका लागि असहाय गाईबाछा संरक्षण अभियानले फोन या अन्य कुनैपनि माध्यममार्फत खबर गर्न अनुरोध समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi