neapl investment mega bank
  • गृहपृष्ठ
  • अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क

अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क

Nov 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,२८ कार्तिक

अब सरकारी अस्पतालहरुमा कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्पस्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

निःशुलक परीक्षणबाट सरकार पछि हटेपछि यसको चौतर्फी विरोध हुँदै आएको थियो । विरोध थेग्न नसकेपछि स्वासथ्य तथा जनस।ख्या मन्त्रालयले आज सूचनामार्फत सरकारी अस्पताल र ल्यावमा निःशुल्क परीक्षण र उपचार गर्ने जानकारी गराएको हो ।

‘नेपाल सरकारले कोभिड–१९ को परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड १९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार निःशुलक गरिनेछ,’ मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचार निःशुल्क गरेपनि कोरोना बिमा गरेकाको हकमा भने उपचार र परीक्षणमा लागेको शुल्क बिमा रकमबाट व्यहोर्नुपर्ने नियम बनाएको छ । अव बिमा गरेका व्यीक्तलाई कोरोना लागेमा र उपचार गर्नुपर्ने भएमा सरकारी अस्पताललमा लागेको खर्च भने बिमा रकमबाट कट्टी गरिनेछ ।

त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेै कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला तथा सरकारी अस्पतालहरूलाई पत्राचार गरिसकेको छ।

बुधबार कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसिएस बैठकले लक्षण देखिएकाहरूको कोरोना परीक्षण र उपचार निस्शुल्क गराउन सरकारी अस्पताल तथा प्रयोगशालालाई पत्राचार गरेको हो।