neapl investment mega bank
  • गृहपृष्ठ
  • आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह

आन्तरिक पर्यटक बढाउन मन्त्री भट्टराईको आग्रह

Nov 12th, 2020

फुङ्लिङ,२७ कात्तिक/रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना महामारीका कारण पर्यटन भ्रमण वर्ष सफल नभएकाले आन्तरिक पर्यटक बढाउन सबै सरोकार पक्षलाई आग्रह गर्नुभएको छ ।

गृहजिल्ला ताप्लेजुङमा स्थानीय तहको साताव्यापी अवलोकन तथा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रमको पहिलो चरणको समापनका अवसरमा आज फुङ्लिङ नगरपालिकामा विभिन्न संघसंस्थाका प्रमुखसँग अन्तरक्रिया गर्दै उहाँले आगामी सन् २०२१ मा पनि बाह्य पर्यटक कम हुने देखिएकाले आन्तरिक पर्यटनवृद्धिका लागि प्रचार प्रसारमा जुट्न आग्रह गर्नुभएको हो । उहाँले ठूलै उत्साहका साथ आफू मन्त्री भएको तर कोरोनामा महामारीका कारण बनाइएका कतिपय योजना अपेक्षानुसार पूरा हुन नसकेको अनुभव सुनाउनुभयो ।