neapl investment mega bank

एकै दिन झण्डै पाँच अर्बको सेयर किनबेच

Nov 12th, 2020

काठमाडौ, कात्र्तिक २७

नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेकाछन । नेप्से आज १० दसमलव ८२ अंकले बढेर १७ सय १८ दसमलव ४९ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव २७ अंकले बढेर तीन सय ३८ दसमलव ८९ अंकमा चढेको छ । आज एक सय ९८ वटा कम्पनीहरुको ५५ हजार आठ सय ९१ पटकको कारोवारमा एक करोड ३८ लाख ८९ हजार एक सय ८९ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार पाँच सय ५१ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ३३ अंकले बढेर १३ सय १९ दसमलव १७ अंकमा पुुग्दा निर्जिवन बीमा, टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज छ दसमलव ३८ अंकले घटेर दुुई हजार ८८ दसमलव ६२ अंकमा पुग्दा जीवन बीमा, जलबिद्युुत, लघुुबित्त, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा गणपती लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।