काठमाडौ, कात्र्तिक २७
एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिकलगानीकोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भएको हो ।
हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्थामिलाएको यस फण्डले यस वर्षको धनतेरसको पावनअवसरमा ईच्छुक लगानीकर्ताहरुलाई उक्त एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको शुभारम्भ गर्न सक्ने व्यवस्था मिलाईएको जानकारी दिएको छ । क्यापिटलले यही शुक्रबार अर्थात २०७७/०७/२८ गते धनतेरसको दिन बिहान ११ः०० बजे देखि दिउँसो ०१ः०० बजे सम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको जानकारी दिएको छ ।
लगानीको लागि शुभ दिन मानिने धनतेरस मा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्नुहोस, फण्डले भनेको छ ।