neapl investment mega bank
  • गृहपृष्ठ
  • किसान क्रेडिट कार्ड अन्तीम चरणमा, कार्डबाट मल बिउ र कामदारलाई रकम पनि दिन सकिने

किसान क्रेडिट कार्ड अन्तीम चरणमा, कार्डबाट मल बिउ र कामदारलाई रकम पनि दिन सकिने

Nov 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक २७

सरकारले कषि क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै किसानलाई चालु आर्थिक वर्षको बजेट मार्फत किसान कार्ड दिने व्यवस्था गर्याे । जसको जिम्मा पाएको कृषि बिकास बैंकले यसलाई अन्तीम चरणमा पुराएको छ ।

अबको १५ दिन भित्रमा किसानलाई क्रेडिट कार्ड दिने कृषि बिकास बैंकको तयारी छ । क्रेडिट कार्ड पाएपछि किसानले आफुसँग रकम नभएको समयमा उक्त कार्डको रकममा रहेको रकम प्रयोग गरि मल, बिउ र कृषि उपकरण समेत खरिद गर्न सक्छन् । यस्तो रकम भने कृषकले बाली उत्पादन गरिसकेपछि बेचेर तिर्न सक्छन् ।

छिमेकी मुलुक भारतमा करिब १५ वर्ष यतादेखि प्रचलनमा रहेको किसान क्रेडिट कार्ड जारी गर्ने नीतिगत व्यवस्था गरेपनि किसानले समयमै कार्ड भने पाउन सकेका छैनन् ।

कृषि बिकास बैंकका अनुसार कार्ड बितरणको काम सुरु भएपछि कार्ड लिनका लागि किसान बैंकको साखामा जानु पर्नेछ । यसपछि उसको कर्जा स्वीकृति हुन्छ र त्यो कार्डमा स्वीकृत भएको ऋण बापतको रकम राखिनेछ । त्यसपछि कृषक रकम लिन पटक पटक बैंक जानु पर्ने छैन ।

किसानले उक्त क्रेडिट कार्डको प्रयोग गरेर कृषि बिकास बैंकले तोकेका एजेन्टहरुबाट बिउ, मलका साथै कृषि सामाग्री खरिद गर्न सक्नेछन् । कृषकले सामान खरिद गरेपछि एमपोसमा कार्ड रिड गराइनेछ र रकम भुक्तान गरिनेछ। साथै निश्चीत रकम सम्म किसानले त्यो कार्डको प्रयोग गरेर रकम पनि निकाल्न सक्नेछन् । स्मार्ट फोनको प्रयोग गर्न सक्ने किसानहरुले भने किसान एप मार्फत पनि सामान खरिद गर्न सक्नेछन् ।

रकमको अभावमा कृषकलाई खेती गर्न कठिन नहोस् भनेर सरकारले बजेट मार्फत किसानाई क्रेडिट कार्ड उपलब्ध गराउने व्यवस्था गर्याे । बजेट सार्वजनिक भएको दुई महिना राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्याे, जसले कृषक क्रेडिट कार्ड जारी गर्ने जिम्मा कृषि बिकास बैंकलाई दियो ।

तर, बैंकले अहिलेसम्म कुनै पनि कृषकलाई क्रेडिट कार्ड भने दिइसकेको छैन । अहिले कृषि बिकास बैंकले यसको कार्यविधी बनाइरहेको छ, जसलाई बोर्डले अझै पास गर्न बाकि छ । त्यस्तै किसानले कति रकमसम्म यस्तो कार्डबाट प्रयोग गर्न सक्ने भनेर राष्ट्र बैंकबाट स्वीकृत लिन बाकि छ ।

किसानले भने गहु छर्ने बेला हुन लागि सक्यो । यो बेलामा रकमको आवश्यक पर्छ । त्यसैले कृषि बिकास बैंकले यसलाई समयमै कार्यान्वयनमा लानु पर्छ ।