neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या पाँच करोड १८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या पाँच करोड १८ लाख नाघ्यो

Nov 11th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक २६

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या पाँच करोड १८ लाख नाघेको छ ।

नेपाली समय बुधवार १:०० बजे सम्म विश्वभरीमा पाँच करोड १८ लाख ३५ हजार ९४५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म तीन करोड ६४ लाख ७ हजार ८८८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ४१ लाख ४८ हजार ९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ९४ हजार ९५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ लाख ७९ हजार ९६३ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड ५ लाख ६८ हजार ७१४ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ४५ हजार ९४३ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा ८६ लाख ३६ हजार ११ जना सङ्क्रमित भएका छन् भने १ लाख २७ हजार ६१५ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५७ लाख १ हजार २८३ जना सङ्क्रमित भएका छन् भने एक लाख ६२ हजार ८४२ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/