neapl investment mega bank

पियोर ईभी विद्युतीय स्कुटर नेपालमा

Nov 11th, 2020

काठमाडौ, कात्र्तिक २६

इण्डियन विद्युतीय गाडी कम्पनी पियोर ईभी ले आफ्नो नयाँ मोडल ई प्लुटो ७ जी स्कुटर नेपाली बजारमा ल्याएको छ । ईण्डियन इन्स्च्यिुट अफ टेक्नोलोजी हैदराबादस्थित विद्युतीय गाडी उत्पादक कम्पनी भारतीय बजारमा अग्रणी स्थानमा पर्दछ ।

इन्टरनेशनल सेन्टर अफ अटोमोटिभ टेक्नोलोजी (आईक्याट) बाट मान्यताप्राप्त पियोर ईभीले आउँदो सन् २०२२ सम्म नेपालको करिब १० प्रतिसत बजार ओगट्ने विश्वास गरेको छ ।
पियोर ईभी को ई प्लुटो ७ जी मोडलको अधिकतम गति ६० किमि प्रतिघण्टा रहेको छ । साथै यसमा २.५ के डब्लुु एच क्षमता भएको पोर्टेवल लिथुुम आयन ब्याट्री रहेकोे छ जसले एक पटकको चार्जमा १०० किमि सम्मको यात्रागर्न सकिन्छ भने यसको ब्याट्रीमा ४० हजार किमि सम्म वारेण्टि रहेको छ ।

पियोर ईभी का प्रमुुख कार्यकारी अधिकृत रोहित भादेरा भन्छन, ह्वाईट लोटस मोर्टस नेपाल सँग सहकार्य गरी आफ्नो विद्युतीय गाडीहरु नेपाली उपभोक्ताहरु माझ उपलब्ध गर्न पाउनु हाम्रो महत्वपूर्ण उपलब्धी हो । आगामी दिनहरुमा आफ्नो नयाँ मोडलहरु नेपाली बजारमा ल्याउने छौं । यसका साथै आगामी दिनमा साउथ एशिया, साउथ इस्ट एशिया र इस्ट अफ्रिका देशहरुमा पनि बजार विस्तारित गर्ने छौं” ।

पियोर ईभीका प्रमुखु कार्यकारी रोहित भदेरा भन्छन, ह्वाईट लोटस मोर्टस नेपाल मार्फत वार्षिक करिब एक हजार स्कुटर बिक्रीको लक्ष्य रहेको र नेपालको अरु पाँच सहरहरुबाट पनि आफ्नो विद्युतीय स्कुटर उपलब्ध हुने जानकारी जानकारी उनले दिएकाछन । ई प्लुटो ७ जी को ब्याट्री र डिजाईन नेपालीबाटो सुहाउँदो रहेको बताईएको छ । कम्पनीको अनुसार पियोर ईभी इलेक्ट्रीकल्स स्कुटरहरुको बजार विस्तार आक्रामक रहनुको साथै सर्भिस स्टेशन तथा स्पेर्यस पार्टस को पनि सहज व्यवस्था गरिनेछ ।

ह्वाईट लोटस मोटर नेपालका कार्यकारी अध्यक्ष अशोक खड्गी भन्छन, पियोर ईभीसँगको सहकार्यमा बिश्वस्तरीय दुुई पाँग्रे सवारी नेपाली उपभोक्तालाई उपलब्ध गर्न पाउँदा हामी धेरै खुशी छौं । पियोर ईभी का मोडलहरु नेपालको बाटो सुहाउँदो र नेपाली उपभोक्ताको रोजाई अनुसार रहेको छ । आफ्नो उपभोक्तालाई उच्चस्तरीय वर्कसप र बिक्रीपछिको सेवा पनि उपलब्ध गराईने उनले बताएकाछन ।