neapl investment mega bank

२५ अंकले बढ्यो नेप्से

Nov 10th, 2020

काठमाडौ, कात्र्तिक २५

नेप्से आज मंगलबार २५ दसमलव ९८ अंकले बढेर १६ सय ७८ दसमलव ७९ अंकमा चढेको छ । आज सेन्सिटिभ पनि पाँच दसमलव छ अंकले बढेर तीन सय ३० दसमलव ३९ अंकमा चढेको छ । एकै दिन एक सय ९६ कम्पनीहरुको ३८ हजार छ सय ३४ पटक कारोवारमा ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम चार अर्ब नौ करोड ६१ लाख ९० हजार दुुई सय ५६ रुपैयाँ पुुगेको छ ।

नेप्सेम आज १२ वटा समुहको कारोवार हुंदा जलबिद्युुत र सामुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ११ अंकले बढेर १२ सय ९५ दसमलव ९७ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि आठ दसमलव सात अंकले बढेर दुुई हजार ९२ दसमलव आठ अंकमा पुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि आज उच्च अंकले बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा साल्ट टे«डिङ कर्पोरेसन परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।