आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक २४
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या पाँच करोड नाघेको छ ।
नेपाली समय सोमबार ३:३० बजे सम्म विश्वभरीमा पाँच करोड ७ लाख ८६ हजार १६२ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म तीन करोड ५८ लाख २७ हजार ९०७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड ३६ लाख ९५ हजार ४१४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ९२ हजार ४८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ लाख ६२ हजार ८४१ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या १ करोड २ लाख ८८ हजार ४८० पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ४३ हजार ७६८पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ८५ लाख ५५ हजार १०९जना सङ्क्रमित भएका छन् भने १ लाख २६ हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५६ लाख ६४ हजार ११५ जना सङ्क्रमित भएका छन् भने एक लाख ६२ हजार ३९७ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर