neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वेली गायिका सरिता राईको आवाजमा रहेको ‘मन पराउँछु माया गर्छु’ सार्वजनिक (भिडियाे)

पूर्वेली गायिका सरिता राईको आवाजमा रहेको ‘मन पराउँछु माया गर्छु’ सार्वजनिक (भिडियाे)

Nov 9th, 2020

काठमाडौ, कात्र्तिक २४

धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ ।

गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । नव प्रतिभाका लागी प्रेरणा र हौसला रहोस भन्ने अभिप्रायले भिडियोमा आफुले नगद ४५ हजार सहयोग गरेको प्रस्तुतकर्ता क्रान्ति सुब्बाले बताए । शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए । भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कलाकार प्रेम सुब्बा, मिना श्रेष्ठ, गायक गंगा बरदान लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका धरानमा रहेका कलाकार तथा पत्रकारहरुको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यक्रममा निर्माता क्रान्ति सुब्बाले गायक गंगा बरदानलाई नगद १० हजार रूपैयाँ सहयोग गरेका थिए ।