neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर सिटीसँग लिभरपुल बराबरीमा रोकियो

म्यानचेस्टर सिटीसँग लिभरपुल बराबरीमा रोकियो

Nov 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २४ कात्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार राति सिटीको मैदान इतिहाद स्टेडियममा भएको खेलमा लिभरपुललाई सिटीले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा लिभरपुलको लागि मोहमद सलाहले एक गोल गरे भने सिटीको लागि ग्राबियल जिससले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लिभरपुललेनै लिएको थियो । खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।

सिटीका केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

खेलको ३१ औं मिनेटमा सिटीका ग्राबियल जिससले केभिन डी ब्रुएनको पासमा गोल गर्दै खेल बराबरीमा फर्काए।पहिलो हाफ बराबरीमा सकियको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियको हो ।

खेलको ४१ औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो ।लिभरपुलका जोसेप गोमेजले ह्यान्ड गरेपछि सिटीले पेनाल्टी पाएको थियो ।जसमा केविन डी ब्रुएन गोल गर्न चुके ।

बराबरीसँगै लिभरपुलले ८ खेलबाट १७ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।म्यानचेस्टर सिटीले ७ खेलबाट १२ अंक जोडेको छ र १० औं स्थानमा रहेको छ ।

शीर्ष स्थानको लीस्टर सिटीको ८ खेलबाट १८ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi