neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम शीर्ष स्थानमा,केनले गरे निर्णायक गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम शीर्ष स्थानमा,केनले गरे निर्णायक गोल

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार साझ सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ब्रोमलाई उसैको मैदानमा १-० गोलले पराजित गरेको हो ।

टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।केनले खेलको ८८ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै टोटनह्यामले ८ खेलबाट १७ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित वेस्ट ब्रोमको ३ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi