neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लाजियोसँग युभेन्ट्स बराबरीमा रोकियो

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

इटालियन सिरी (ए) फुटबलमा लाजियोसँग युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सलाई लाजियोले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा युभेन्ट्सको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने लाजियोको लागि फेलिप क्यासेडोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युभेन्ट्सलेनै लिएको थियो । खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले जुवानको पासमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। तर
दोस्रो हाफको इन्जुरी समयमा लाजियोका फेलिप क्यासेडोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै युभेन्ट्सले ७ खेलबाट १३ अंक छ र तेस्रो स्थानमा छ ।लाजियोको ७ खेलबाट ११ अंक छ र नवौं स्थानमा छ । शीर्ष स्थानको इनटर मिलानको ६ खेलबाट १६ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi