काठमाडौ, कात्र्तिक २३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष पशुपति शम्शेर राणाले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनको कार्यकालमा नेपाल र अमेरिका बीचको दौत्य सम्बन्ध थप उचाई लिने विश्वास व्यक्त गरेका छन् ।
राप्रपाका अध्यक्ष राणाले चिरस्मरणीय राष्ट्रपति निर्वाचन सम्पन्न भएको सन्दर्भमा अमेरिकी जनतालाई शान्ति र समृद्धिको शुभकामना दिएका छन् । निर्वाचनको क्रममा जो बाइडेन राष्ट्रपति र कमला ह्यारीस उपराष्ट्रपति निर्वाचित भएका छन् ।
आइतबार जारी शुभकामना सन्देशमा राप्रपा अध्यक्ष राणाले भने, ‘पुनः अर्को चिरस्मरणीय निर्वाचनका लागि अमेरिकी जनतालाई शान्ति, समृद्धि र हार्दिक शुभकामना । जो बाइडेन र कमला ह्यारीस ४६ औं राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएकोमा बधाई शुभकामना ।’राणाले ट्वीट गर्दै भने, ‘मलाई आशा र विश्वास छ, उहाँहरूको भूमिकाले नेपाल–अमेरिकी दौत्य सम्बन्धले थप उचाई ग्रहण गर्नेछ ।’