neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेष्टर युनाईटेडको जितमा ब्रुनोको दुई गोल

म्यानचेष्टर युनाईटेडको जितमा ब्रुनोको दुई गोल

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले जित निकालेको छ। शनिबार भएको खेलमा म्यान्चेष्टर युनाईटेडले एभर्टनलाई उसैको मैदानमा ३-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल र एडिनसन कभानीले एक गोल गरेका थिए । एभर्टनका बेर्नार्डले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता एभर्टनलेनै लिएको थियोे ।खेलको १९ औं मिनेटमा एभर्टनका बेर्नार्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिकेन ।त्यसको ६ मिनेटपछि युनाईटेडका ब्रुनो फर्नान्डेसले गोल गर्दै खेल बराबरीमा फर्काए।

खेलको ३२ औं मिनेटमा फर्नान्डेले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एडिनसन कभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।

जितसंगै युनाईटेडले यस सिजनमा तेस्रो जित निकाले छ। युनाईटेडले ७ खेलबाट १० अंक जोडेको छ र १४ स्थानमा उक्लिएको छ। पराजित एभर्टनको ८ खेलबाट १३ अंक छ र छैटौं स्थानमा छ। शीर्ष स्थानको साउथह्याम्पटनको ८ खेलबाट १६ अंक छ । दोस्रो स्थानको लिभरपुलको ७ खेलबाट १६ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi