neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनाको शानदार जित,दोस्रो हाफमा मैदान छिरेका मेस्सीले गरे दुई गोल

बार्सिलोनाको शानदार जित,दोस्रो हाफमा मैदान छिरेका मेस्सीले गरे दुई गोल

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ ।घरेलु मैदान कयाम्पनोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल ,ओसमान डेम्बेले, एन्टोनी ग्रीजमन र पेड्रीले एक-एक गोल गरे ।रियल बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए ।

खेलको २२ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेटिसका एन्टोनियो सानाब्रियाले गोल गर्दै पहिलो हाफमा खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ४९ औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।खेलको ६० मिनेटमा बेटिसका मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा सीमित बनेको थियो।

६१ औं मिनेटमा लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए। मेसी अंशु फाटीको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

खेलको ७३ औं मिनेटमा बेटिसका लोरेन मोरानले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । ८२ औं मिनेटमा लियोनल मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए ।

त्यसपछि ९० औं मिनेटमा युवा खेलाडी पेड्रीले लिगमा पहिलो गोल गरेपछि बार्सिलोनाले ५-२ को शानदार जित निकालेको हो ।

जितसँगै बार्सिलोनाले ७ खेलबाट ११ अंक जोडेको छ र ८ औं स्थानमा छ।पराजित बेटिसको ९ खेलबाट १२ अंक छ र सातौं स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi