neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालको चेतावनी : ‘माग पूरा नभए आन्दोलन गर्छौं’

संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालको चेतावनी : ‘माग पूरा नभए आन्दोलन गर्छौं’

Nov 7th, 2020

काठमाडौ, कात्र्तिक २२

संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्नेमा जोड दिएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका पदाधिकारीहरुले आफूहरुले अघि सारेका माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

महासंघले पछिल्लो समय गरेका विभिन्न गतिविधिको बारेमा जानकारी दिने क्रममा सरकारसमक्ष आफ्ना माग पूरा गर्न दबाब दिएको हो । भारतीय पेन्सनरहरुका समस्याको लागि भारत सरकारसँग बिभिन्न तहमा छलफल, पत्राचार, भेटघाट भईरहेको हाल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमणमा भेट गरी समस्याहरुका बारेमा जानकारी गराँउदा सेनाअध्यक्ष नरवणेबाट सकारात्मक प्रतिबद्धता आएको समेत जनाएको छ ।

त्यस्तै, नेपाल सरकारबाट दिँदै आएको सामाजिक सुरक्षा भक्तामा खासगरी भूपूहरुलाई लक्षित गरी बन्द गएिकोमा सरकारलाई सचेतना, दबावमुलक केही कार्यक्रमहरुको गरिरहेको र त्यसलाई वारपारको हिसावमा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाईएको र केही क्षण प्रतिक्षा गर्ने र सकारात्मक नदेखिए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको महासंघले चेतावनी दिएको छ ।

नेपाल, भारत, ब्रिटिश सरकारको संयुक्त लगानीमा पुलचोकको कल्याणकारी भवन तथा जमिन केही व्यक्ति बिशेषबाट अतिक्रमण भईरहेकोले समझदारीबाट मेलमिलापमा नआएमा कानुनी बाटो अपनाउने निर्णय गरिएको पनि महासंघले स्पष्ट पारेको छ । र, भारत सरकारद्धारा दिन खोजिएको सिएसडी सुबिधामा पनि नेपाल सरकारबाट स्विकृति नपाएकोमा स्वीकृतिको लागी नेपाल सरकारलाई अनुरोध गरिने जनाईएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापाले पत्रकार सम्मेलनमा उठेका विषयमा जवाफ दिएका थिए भने कार्यक्रममा महासंघका पूर्वाञ्चल ईन्चार्ज सुवेदार मेजर किशोर कुमार राईले भारत सरकारद्धारा दिन खोजिएको सिएसडीको बारेमा व्याख्या गरेका थिए । सिएसडीको बारेमा नेपाल सरकारले आनकानी गर्न नहुने भन्दै यसले आम नेपाली नागरिकलाई प्रत्यक्ष फाईदा हुने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के रानाले आफूहरुले अघि सारेका जायज मागहरु सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारले आफूहरुलाई बेवास्ता गर्न नहुने धारणा राखे । उनले भने,‘सरकारले हामीलाई त्यो अनागरिकसरह दर्जा दिने कोशिस गर्यो भने ठिक हुँदैन् । हाम्रा विनम्र अनुरोधलाई सरकारले स्विकार्नुपर्छ । सम्बोधन गर्नुपर्छ ।’

कार्यक्रम सञ्चालन भने महासंघका महासचिव सुवेदार कुलबहादुर केसीले गरेका थिए । उनले कार्यक्रममा महासंघको तर्फबाट जारी गरिएको विज्ञप्ती पनि वाचन गरेका थिए । उनले भूपूहरुबाट आउने रेमिट्यान्सको बारेमा समेत प्रकाश पारेका थिए । उनकाअनुसार भारतबाट मात्रै भूपूहरुबाट प्रति महिना भारु २० करोडभन्दा बढि र हाल सेवारतबाट भारु ३० करोड रेमिट्यान्स आउने गरेको छ । त्यस्तै, ७ देखि ८ करोड बेलायतबाट आउने गरेको उनले जनाए । केसीले आफूले सुरुदेखि नै अवकाशप्राप्त कर्मचारीहरुलाई सामाजिक सुरक्षा भक्ता दिनुपर्ने आवाज उठाउँदै आएको सुनाउँदै सरकार यसप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । अन्य देशमा पनि दिर्ईएको उनले सुनाए ।

भारतीय सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमणको क्रममा आफूहरुले नेपालमा वार मेमोरियल बनाईदिनुपर्ने प्रस्ताव राखेको र त्यसमा जनरल नरवणे सकारात्मक भएको र जमिनको व्यवस्था भए भारु ७ करोड उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको केसीले स्पष्ट पारे। उनले भने,‘उहाँले जमिन तपाईहरुले खोज्नुहोस भन्नुभयो, हामीले बुटवलको सुनौलमा जमिनको व्यवस्था गरिसकेका छौं ।’

यस्तो छ, बिज्ञप्ती
प्रेस कन्फ्रेन्स
आदरणिय सञ्चारकर्मी मित्रहरु एवम् बिर नेपाली आमाका सम्पुर्ण सन्ततीहरुमा “जय बिर गोर्खाली” यहाँहरुलाई सर्बबिदित नै भएको कुरा हो । नेपालमा बसोबास गर्ने भारतिय, बृटिस र नेपाली सेना, प्रहरी र अन्य सुरक्षा निकायबाट अवकास प्राप्त भु.पु सैनिकले कमाएको ईमान्दारी र बहादुरीको कारण आजसम्म बिश्वसामु चिनाएको बिर गोरखा भन्ने शब्द भोलीका दिनमा के हुने हो भन्ने चिन्ताले हामीलाई सताईरहेको हँदा हामीहरु अब एक जुट भई आफ्नो हक, अधिकार र पहिचानको लागी अगाडी बढ्नुपर्ने भएको हुँदा त्यसको लागी बिभिन्न कार्यक्रम तय गरेकोले त्यसै सिलसिलामा निम्नानुसारका गतिबिधी गरेको जानकारी गराउँदछौं ।

१) भारतिय पेन्सनरहरुका समस्याको लागी भारत सरकारसँग बिभिन्न तहमा छलफल, पत्रचार, भेटघाट भईरहेको हाल सेनाध्यक्षको भ्रमणमा भेट गरी समस्याहरुका बारेमा जानकारी गराँउदा वहाँबाट सकरात्मक प्रतिबद्धता आएको समेत जानकारी गराउन चाहन्छौं ।

२ं) नेपाल सरकारबाट दिदै आएको सामाजिक सुरक्षा भत्तामा खासगरी भु.पूहरुलाई लक्षित गरी बन्द गएिकोमा सरकारलाई सचेतना, दबावमुलक केही कार्यक्रमहरुको गरिरहेको र त्यसलाई वारपारको हिसावमा लेजान रक्षामन्त्रि, सम्माननिय प्रधानमन्त्रि ज्यूलाई ज्ञापनपत्र बुझाईएको र केही क्षण प्रतिक्षा गर्ने र सकरात्मक नदेखिए देशव्यापी आन्दोलन गर्ने निर्णय गरिएको छ ।

३) नेपाल, भारत, बृटिस सरकारको सँयूक्त लगानिमा पुलचोकको कल्याणकारी भवन तथा जमिन केही व्यक्ति बिशेषबाट अतिक्रमण भईरहेकोले समझदारीबाट मेलमिलापमा नआएमा कानुनी बाटो अपनाउने निर्णय गरिएको छ ।

४) भारत सरकारद्धारा दिन खोजिएको सिएिसडी सुबिधामा पनि नेपाल सरकारबाट स्वीकृत नपाएकोमा स्वीकृतिको लागी नेपाल सरकारलाई अनुरोध गरिन्छ ।

सुवेदार कुल बहादुर केसी कर्णल धन बहादुर थापा
महासचिव अध्यक्ष

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi