neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोभिड–१९ विरुद्ध नागरिक अभियानको ललितपुरमा शुभारम्भ

कोभिड–१९ विरुद्ध नागरिक अभियानको ललितपुरमा शुभारम्भ

Nov 7th, 2020

ललितपुर, कात्र्तिक २२

काठमाडौ उपत्यका लगायत मुलकभर तिव्र गतिमा कोभिड– १९ को महामारीको प्रकोप बढिरहेको सन्दर्भमा यसलाई न्यूनिकरण गर्नका लागि जनसमुदायमा सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्ने उदेश्यले सञ्चालित कोभिड–१९ विरुद्ध नागरिक अभियानको आज आयोजित एक कार्यक्रममा विच ललितपुरको लविम मलबाट शुभारम्भ गरिएको छ ।

कार्यक्रमको समुद्घाटन गर्दै ललितपुर महानगरपालिका उपप्रमुख श्रीमती गीता सत्यालले कोाभिड १९ को महामारी न्युनीकरणमा निजी क्षेत्र तथा नागरीक समाजको सक्रियताको उच्च सराहना गर्नुहुदै अभियानको सफलता र निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुहभयो । साथै वहांले सरकार आफनो जिम्मेवारी निर्वाहमा सम्वेदनशिल रहेको र निजी क्षेत्र तथा नागरीक समाजको यस अभियानमा सहयोग र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले विश्वव्यापी महामारीबाट मुलुकले व्यहोरिहेको विषम परिस्थितिमा निजी क्षेत्र तथा नागरीक समाजले संगठित रुपमा यस महामारीको न्युनिकरण र रोकथामका लागि अघि बढ्न आवश्यक रहेको महशुस गरी अभियानको प्रारम्भ गरिएको वताउदै कोभिड १९ दिर्घकालिन समस्याको रुपमा देखिदै गरेकाले सुरक्षित मापदण्ड अपनाई अगाडी बढ्नुको विकल्प नरहेको वताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले व्यवसाय तथा समाजलाई सुरक्षित रुपमा अगाडी बढाउन स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने वताउनुभयो । उपस्थित जनस्वास्थ्य विज्ञ, स्थानिय प्रतिनिधि, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले काठमाडौ उपत्यका लगायत मुलुकभर बढ्दो कोभिड संक्रमणको तिव्रतर वृद्धिले गम्भिर चिन्ता सिर्जना गरेको वताउदै आमनागरिक आफै सू–सुचित हुनुपर्नेमा जोड दिएका थिए । अभियान राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को सहकार्यमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ तथा पिपुल्स हेल्थ मुभमेन्ट नेपाल लगायतका संस्थाहरुको समन्वयमा सञ्चालन भैरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi