neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बैंकद्वारा ८४ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना

नेपाल बैंकद्वारा ८४ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना

Nov 7th, 2020

काठमाडौ, कात्र्तिक २२

नेपाल बैंकले ८४ औं बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मी पूजाको दिन स्थापना भई नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले शुुक्रबार बार्षिकउत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बैकका अनुसार प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजकत्वमा गठित अतिरिक्त कृयाकलाप उपसमितिले लायन्स क्लव अफ बैंकर्स तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य दाताहरु समेत ८९ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले नेपालको फ्ल्यागशीप बैंककोरुपमा रहेको बैंकले आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै सहुलियतपूर्ण तथा प्रतिष्पर्धि ब्याजदरमा कर्जा लगानी गर्नुुका साथै बिभिन्न निक्षेप खाताहरुम मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट, मेरो सेयर, सि आस्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गरिएको जानकारी दिएकाछन ।

८४औ बार्षिकोत्सवका अबसरमा बैंकद्वारा थप १२ शाखा तथा दुुई वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत सेवा बिस्तार गर्देछ । रक्तदानका साथै बैंकद्वारा ८४ औं बार्षिकोत्सवको उपलक्ष्यमा अन्य बिभिन्न कार्यक्रमहरु जस्तै टेलिभिजनमा आर्थिक बहस कार्यक्रम, आर्थिक लेखहरुको बिशेषङ्क प्रकाशन, बैंकको डकुमेण्ट्री प्रसारण आदि कार्यक्रमहरु समेत संचालन गर्देछ । बैकले हाल देशको ६४ जिल्लामा रहेका आफ्ना एक सय ९१ शाखा, एक सय २६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउदै आइरहेको छ ।