बेनी, २२ कात्तिक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल । समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर हिमालले घेरिएको छ । पर्यटकीय सम्भावनायुक्त यस तालमा जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुनेगर्छ ।
तस्बिर : कमल खत्री/रासस