neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युरोपा लिग फुटबलमा आर्सनलको जित

Nov 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २१ कात्तिक

युरोपा लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ। बिहीबार राति भएको खेलमा आर्सनलले मोल्डे एफकेलाई ४-१ गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन निकोलस पेपे र जोसेप विललकले एक-एक गोल गरे। आर्सनलले दुई गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

खेलमा पहिलो अग्रता मोल्डे एफकेलेनै लिएको थियोे ।खेलको २२ औं मिनेटमा मोल्डेका मार्टिन एलिङ्सेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

४५ औं मिनेटमा मोल्डेका क्रिस्टोफर हाउजेनले आत्मघाती गोल गरेपछि खेल पहिलो हाफमा बराबरीमा फर्किएको थियो।

दोस्रो हाफको ६२ औं मिनेटमा आर्सनलले फेरि एक गोल उपहार पायो ।मोल्डेका शेरिफ सीनयानले आत्मघाती गोल गरेपछि आर्सनल २-१ ले अघि बढ्यो । ६९ औं मिनेटमा आर्सनलका निकोलस पेपेले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए ।

त्यसपछि ८८ औं मिनेटमा जोइ विलोकले गोल गर्दै आर्सनललाई ४-१ को जित दिलाए ।

जितसंगै समूह (बी) मा रहेको आर्सनलले ३ खेलबाट ९ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित मोल्डेको ३ खेलबाट ६ अंक छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi