neapl investment mega bank
  • गृहपृष्ठ
  • राजनीतिकदल भन्दामाथि रहने संस्थाले मात्र निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने

राजनीतिकदल भन्दामाथि रहने संस्थाले मात्र निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने

Nov 5th, 2020

काठमाडौ, कात्र्तिक २०

राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक दल भन्दा माथि रहने सस्ंथाले मात्र संविधान अनुकूल निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताएकाछन् ।

प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पना बमोजिम पुरानो संस्थामात्र निष्पक्ष राष्ट्र प्रमुख रहन सक्ने भन्दै राप्रपा अध्यक्ष राणाले राजस ंस्थाको आवश्यक्ता र जनचाहनातर्फ इंगित गरे । ‘अभ्यास,अनुभव र जनअपेक्षाले यही दर्शाउछ,’उनले बिहीबार ट्वीट गर्दै भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीको एमाले पक्षधरता संविधानको भावनाविपरीत रहेको राणाको टीप्पणी छ । उनले भने,‘राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो यो सम्माननीय राष्ट्रपतिको स्वभाविक आचरण हो । एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो।’

राप्रपा अध्यक्षले भने, ‘त्यसैले राष्ट्र प्रमुखदलको सदस्यहुनु हुन्नभन्ने प्रजातान्त्रिक मान्यता आवश्यक भएको छ । कुनै दलको पक्षपातिनहुने पुरानो संस्थाले मात्र संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्र प्रमुखको भूमिक ानिर्वाह गर्न सक्दछ । ’