neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पटाका सहित पक्राउ

Nov 5th, 2020

काठमाडौं, २० कात्तिक

मोरङ, उर्लावारी नगरपालिका-८ दुर्गापुरी चोकबाट २ बोरा पटाका सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक सब्जी बजार बस्ने ३५ वर्षीय प्रमोद कुमार शाह र मोरङ रंगेली नगरपालिका-७ साझाटोल बस्ने ५७ वर्षीय नन्दन किशोर शाह रहेका छन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्रदेश १-०१-०१२ प ४८४२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक प्रमोद र स्कुटरमा सवार नन्दनले २ वटा बोरामा ल्याउँदै गरेको उक्त पटाका फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, धनपालथान गाउँपालिका-३ भलुवाकादस्थित सडकबाट ९७ हजार ७ सय रुपैयाँ मूल्य बराबरको विभिन्न पटाका बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी मायागंज र बिओपी सोराभागबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका छोडेर व्यक्ति फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाँउस्थित सडकबाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटीएको प्रहरीलाई देखेर भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त पटाका अपरिचित व्यक्तिले सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

झापा, भद्रपुर नगरपालिका-५ स्थित सडकबाट करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याई लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले फेला पारी उक्त पटाका बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi