neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजी र म्यानचेस्टर युनाईटेड पराजित

Nov 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २० कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपजिगले पेरिस सेन्ट जर्मन (पीएसजी) लाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा पीएसजी आरबी लाइपजिगसँग २–१ गोलले पराजित भएको हो ।

आरबी लाइपजिगको जितमा क्रिस्टोफर एनकुन्कुले र इमील फोर्सबर्गले एक-एक गोल गरे । पिएसजीको डी मारियाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता पिएसजीलेनै लिएको थियो । खेलको छैटौं मिनेटमै डी मारियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा आरबी लाइपजिगका क्रिस्टोफर एनकुन्कुले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५७ औं मिनेटमा आरबी साल्जबर्गका इमील फोर्सबर्गले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।त्यसपछि बाकि समयमा कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो ।

खेलको ६९ मिनेटमा पिएसजीको इद्रीसा गुयेले र दोस्रो हाफको इन्जुरी समयमा किम्पेम्बेले रातो कार्ड पाएपछि पीएसजी ९ खेलाडीमा सीमित बनेको थियो।

जितसंगै समूह (एच) मा रहेको आरबी लाइपजिगले ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ। पराजित पीएसजीको ३ खेलबाट ३ अंक छ ।

यस्तै यहि समूहको अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई टर्किस क्लब इस्तानबुल बासाकसेरले २ -१ ले नै पराजित गरेको छ ।

इस्तानबुल बासाकसेरको जितमा डेम्बा बा र एडिन भिस्काले एकरएक गोल गरे ।युनाईटेडको एन्थोनी मार्शलले गोल फर्काए ।

जितसंगै समूह (एच) मा रहेको इस्तानबुल बासाकसेरले ३ खेलबाट ३ अंक जोडेको छ र पुछारमा छ। पराजित युनाईटेडको ३ खेलबाट ६ अंक छ र शीर्ष स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi