आधारभूमि संवाददाता
काठमाडौँ, २० कात्तिक
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ। बुधबार राति समूह (जी)को खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले एक-एक गोल गरे ।डाइनामो किभको भिक्टरले टेसगानकोभले एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ६५ औं मिनेटमा जेरार्ड पिकेलेले अन्सु फातीको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ७५ औं मिनेटमा डाइनामो किभका भिक्टर टेसगानकोभले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।त्यसपछि बाकि समयमा कुनै गोल हुन सकेन र बार्सिलोनाले जित निकालेको हो
जितसंगै समूह (जि)मा रहेको बार्सिलोनाले ३ खेलबाट ९ अंक जोडेको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानको युभेन्ट्सको ३ खेलबाट ६ अंक छ ।