neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आफ्नै श्रीमानको हत्या

Nov 4th, 2020

सल्यान, १९ कात्तिक

आफ्नै श्रीमान ५३ वर्षीय राम बहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा कपुरकोट गाउँपालिका-५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण ईश्वरीले आफ्नै श्रीमानलाई पिर्का प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi