neapl investment mega bank

नेप्से सुचक तथा कारोवार रकम दुबै घट्यो

Nov 4th, 2020

काठमाडौ, कात्र्तिक १९

अघिल्लो दिन बढेको नेप्से आज बुुधबार भने घटेको छ । नेप्से आज दुुई दसमलव ३९ अंकले घटेर १६ सय ४० दसमलव ६४ अंकमा पुुग्दा । सेन्सिटिभ पनि शुन्य दसमलव ११ अंकले घटेर तीन सय २६ दसमलव ४९ अंकमा पुुगेको छ । आज दुुई सय एक वटा कम्पनीहरुको २४ हजार ७० पटकको कारोवारमा ५६ लाख ३१ हजार चार सय ९४ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ७५ करोड ७४ लाख २३ हजार सात सय ४५ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुचक तीन दसमलव चार अंकले घटेर १३ सय नौ दसमलव ५४ अंकमा झरेकोमा बिकास बैक, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । आज टे«डिङ समुहको सुचक २५ दसमलव ३१ अंकले बढेर १२ सय ४५ दसमलव ४६ अंकमा चढेकोमा जलबिद्युुत, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा बिशालबजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा शिवश्री हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने प्राईम कर्मसियल बैंक परेको छ ।