neapl investment mega bank
  • गृहपृष्ठ
  • मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौँमा

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौँमा

Nov 4th, 2020

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज बधुबार काठमाडौं आईपुगेकाछन । नेपाली सेनाका अनुसार उनको साथमा उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाईभ्स वेलफेयर एसोसिएसन (आवा) की अध्यक्ष श्रीमती विना नरवणे पनि आएकीछन । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेको नेपाली सेनाले जनाएको छ ।

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई कार्तिक २० गते (तदनुसार ५ नोभेम्बर २०२०) राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।