काठमाडौ, कात्र्तिक १९
कुमारी बैंकका ग्राहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसलका खाद्यवस्तु किन्दा पाँच प्रतिशत छुट पाउने भएका छन । ग्राहकले गुणस्तरीय मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी हर्षोल्लासका साथ तिहार मनाउन सकुन् भन्ने अभिप्रायले बुटवलस्थित पवन मिष्ठान भण्डारसँग उक्त सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।
सो सम्झौता पत्रमा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरेकाछन । बैंकले देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।