neapl investment mega bank
  • गृहपृष्ठ
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लिमिटेड इण्डोमेन्ट बीमा योजना सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लिमिटेड इण्डोमेन्ट बीमा योजना सार्वजनिक

Nov 4th, 2020

काठमाडौ, कात्र्तिक १९

रिलायन्स लाइफइन्स्योरेन्स कम्पनीले लिमिटेड इण्डोमेन्ट नामक बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।

यस योजनाको अर्को बिशेषताभनेको कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशत सम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने छ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. ५० हजार कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ । यो योजना संगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।