neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बायर्नसँग आरबी साल्जबर्ग ६-२ ले पराजित

Nov 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा आरबी साल्जबर्गले लज्जास्पद हार व्यहोरेको छ । मंगलबार राति भएको खेलमा साल्जबर्गले बायर्न म्युनिखसँग ६-२ को लज्जास्पद हार व्यहोरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल, जेरोम बोटेङ, लेरो साने र लुकास हर्नान्डेजले एक- एक गोल गरे । बायर्नले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।आरबी साल्जबर्गको मर्जिम बेरीशा र मसाया ओकुगावाले एक-एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता आरबी साल्जबर्गलेनै लिएको थियो । खेलको चौथो मिनेटमै मर्जिम बेरीशाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ४४ औं मिनेटमा साल्जबर्गका डिफेन्डर रसमस क्रिस्टनसेनले आत्मघाती गोल गरेपछि बायर्न २-१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६६ औं मिनेटमा आरबी साल्जबर्गका मसाया ओकुगावाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि ७९ औं मिनेटमा जेरोम बोटेङ र ८३ औं मिनेटमा लेरो सानेले टोलीको लागि एक एक गोल गरे ।

खेलको ८८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ५-२ अग्रता बनाए । त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई ६-२ को जित दिलाए ।

जितसँगै बायर्नले ३ खेलबाट ९ अंक जोडेको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi