neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जोटाको ह्याट्रिकमा लिभरपुलको शानदार जित

जोटाको ह्याट्रिकमा लिभरपुलको शानदार जित

Nov 4th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १९ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले ह्याट्रिक गरे भने मोहम्मद सालाह र साडियो मानेले एक-एक गोल गरेका थिए । लिभरपुलले दुई गोल पहिलो हाफमा र अरु गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १६ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।३३ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पहिलो हाफमा दोब्बर पारे ।

दोस्रो हाफको ४७ औं मिनेटमा सालाहले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। त्यसको २ मिनेटपछि मानेले गोल गर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । त्यसपछि ५४ औं मिनेटमा जोटाले ह्याट्रिक पुरा गरे र लिभरपुललाई ५-० को शानदार जित दिलाए ।

जितसँगै समूह “डि”मा रहेको लिभरपुलले ३ खेलबाट ९ अंक छ र शीर्ष स्थानमा छ। पराजित एटलान्टाको ४ अंक छ

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi