neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मंगलबार उपत्यकामा थपिए १४६८ जना कोरोना संक्रमित

मंगलबार उपत्यकामा थपिए १४६८ जना कोरोना संक्रमित

Nov 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ कात्तिक

मंगलबार काठमाडौंमा उपत्यकामा थप १ हजार ४ सय ६८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ४ सय ६८  जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा ६४९ जना महिला तथा ८१९  जना पुरुष रहेका छन् ।यसअघि सोमबार उपत्यकामा १ हजार ६३० सङ्क्रमित थपिएका थिए।

अहिले उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार १४६ छ। जसमा काठमाडौंका १५ हजार ८६३ जना, ललितपुरका २ हजार २६४ र भक्तपुरका १ हजार १९ जना रहेका छन् ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ। मंगलबार मात्रै २० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi