आधारभूमि संवाददाता
काठमाडौ, कात्र्तिक १८
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड ७३ लाख नाघेको छ ।
नेपाली समय मंगलबार २:३० बजे सम्म विश्वभरीमा चार करोड ७३ लाख ६४ हजार ६४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म तीन करोड ४० लाख ६० हजार ३१३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा १ करोड २० लाख ९१ हजार ६३५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८६ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १२ लाख १२ हजार ११६ व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ९५ लाख ६७ हजार ५४३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ३६ हजार ९९७ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन् भने १ लाख २३ हजार १३९ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५५ लाख ५४ हजार २०६ जना सङ्क्रमित भएका छन् भने एक लाख ६० हजार २७२ जनाको मृत्यु भएको छ ।
स्रोत: वर्ल्डोमीटर