neapl investment mega bank
  • गृहपृष्ठ
  • एक करोड रुपैयाँ रकम सहित हुण्डी कारोवारी पक्राउ

एक करोड रुपैयाँ रकम सहित हुण्डी कारोवारी पक्राउ

Nov 3rd, 2020

काठमाडौ, कात्र्तिक १८

एक करोड रुपैयाँ रकम सहित हुुण्डी कारोवारी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) अनुसार सोमबार अन्दाजी साँझ पाँच बजे काठमाडौको काठमाडौ महानगरपालिका वडा नम्वर २३ ओमबहालस्थित गोल्डेन लिफ होटलमा अवैधरुपमा हुुण्डी कारोवार भईरहेको गोप्य सुचनाको आधारमा कारवाही सञ्चालन गर्दा झापा घर भई हाल काठमाडौको ताहाचल बस्ने ३१ बर्षिय बिकास मित्तल, झापा नै घर भई हाल काठमाडौ बस्दै आएका २७ बर्षिय कमल मित्तल र पर्वतको कुश्मा घर भई हाल काठमाडौ बस्दै आएका ३२ बर्षिय गणेश पौडेल पक्राउ परेका हुुन । पक्राउ परेका व्यक्तिहरुको साथबाट नेपाली रुपैयाँ नेपाली रुपैयाँ ९९ लाख ८४ हजार र अमेरिकी डलर नौ सय बरामद गरिएको हो ।

ति व्यक्तिहरुलाई आवस्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुुल्चोक पठाईएको सिआईबीले जानकारी दिएको छ ।