neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर दोस्रो स्थानमा

ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर दोस्रो स्थानमा

Nov 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १८ कात्तिक

ईङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाईटेडलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा लेस्टरले लिड्स युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरलाई जित दिलाउन यूरी टाईलमन्सले दुई गोल, हार्वे बारन्स र जेमी वार्डीले एक–एक गोल गरे । लिड्स युनाईटेडको स्टुअर्ट डलासले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा हार्वे बारन्सले भार्डीको पासमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा यूरी टाईलमन्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४८ औं मिनेटमा लिड्स युनाईटेडका स्टुअर्ट डलासले गोल गर्दै लेस्टरको अग्रता २-१ मा ल्याए । ७६ औं मिनेटमा जेमी वार्डीले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा टाईलमन्सले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४-१ को जित दिलाए ।

जितसँगै लेस्टरले ७ खेलबाट १५ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलको ७ खेलबाट १६ अंक छ। पराजित लिड्स युनाईटेडको १० अंक छ र १२ औं स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi