neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्सको शानदार जित,दोस्रो हाफमा मैदान छिरेका रोनाल्डोले गरे दुई गोल

युभेन्ट्सको शानदार जित,दोस्रो हाफमा मैदान छिरेका रोनाल्डोले गरे दुई गोल

Nov 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ कात्तिक

इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ४-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल, अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । स्पेजियाको पोबेगाले एक गोल फर्काए ।

खेलको १४ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा स्पेजियाको पोबेगाले गोल गर्दै पहिलो हाफमा खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।६७ औं मिनेटमा एड्रियन राबिओटले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। त्यसपछि रोनाल्डोले पेनाल्टीमा खेलको ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए । रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेका हुन् ।

जितसँगै युभेन्ट्सले ६ खेलबाट १२ अंक जोडेको छ र तेस्रो स्थानमा छ। शीर्ष स्थानको मिलानको ६ खेलबाट १६ अंक छ।पराजित स्पेजियाको ६ खेलबाट ५ अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi