neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महासंघद्धारा श्रमजीवि पत्रकारले भोगिरहेको श्रम समस्या लागि भएको आन्दोलनको समीक्षा

महासंघद्धारा श्रमजीवि पत्रकारले भोगिरहेको श्रम समस्या लागि भएको आन्दोलनको समीक्षा

Nov 1st, 2020

काठमाडौ, कात्र्तिक १६

नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले कोरोना महामारी पछि उत्पन्न श्रमजीवि पत्रकारहरुले भोगिरहेको श्रम समस्या सम्बोधनका लागि भएका आन्दोलनहरुको समीक्षा गरेको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा भएको बैठकमा हालसम्मका आन्दोलन उपलब्धीमूलक देखिएकाले बाँकी समस्या सम्बोधनका लागि थप दवावमूलक आन्दोलन गर्ने निर्णय गरेको छ । तिहारअघि नै सञ्चारगृह केन्द्रीत आन्दोलनको मिति र स्वरुप तय गर्न समितिले समस्याग्रस्त सञ्चागृहमा रहेका महासंघका शाखा तथा पीडीत पत्रकारहरुसंग तत्कालै छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष आचार्यले कोभिड–१९ पछि ३३० जना श्रमजीवी पत्रकारको रोजगारी खोसिएको, फोर्सड् लीभमा राखिएको, तलब कटौती गरिएको लगायतका उजुरी दिएकामा हालसम्म २९० जनाको समस्या सम्बोधन गरिएको जानकारी दिए । बाँकी १५ जनाको पनि कानूनी लडाई जारी रहेको बताए ।

महासंघ सचिव तथा समिति संयोजक रामप्रसाद दाहालले अब महासंघको आग्रह अटेर गरी श्रमजीवि पत्रकारको जायज माग सम्बोधन नगर्ने सञ्चारगृहहरुमा तिहारअघि नै महासंघले सशक्त आन्दोलन थाल्ने बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi